Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

हिमालय ऊर्जा विकासको शतप्रतिशत हकप्रद सेयरमा भदौ १२ गतेसम्म आवेदन दिने सकिने


नया सडक

२०८१, भदौ ७ शुक्रबार

  • 495
    Shares

  • हिमालय ऊर्जा विकासको शतप्रतिशत हकप्रद सेयरमा भदौ १२ गतेसम्म आवेदन दिने सकिने

     

    काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । यस कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

     उक्त हकप्रद सेयरका लागि असार १९ गतेसम्म कायम रहेका लगानीकर्ताले आवेदन दिन पाउनेछन् । यसमा आवेदन दिने अन्तिम म्याद भदौ १२ गते बुधबारसम्म रहेको छ । 

    यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आइआरएन डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।  

    यसमा नबिल इन्भेष्टमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस