काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९३.२६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२९ डलरमा कारोबार भइरहेको छ ।