Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन:यस्ता छन् भदौ ९ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 435
    Shares

  • नयाँसडक बुलेटिन:यस्ता  छन् भदौ ९ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ ९ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    प्राइम कमर्शियल बैंकले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

    काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

     

    कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिम क्यापिटल लिमिटेड रहेको छ ।  

    सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ब्यत्तिगत तबरबाट विक्री गर्नेछ ।

    सेयर बजारका समस्या समाधान गर्न सरकारले सार्थक प्रयास गरिरहेको छ : अर्थमन्त्री पौडेल

    काठमाडौँ ।सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ । 

     

    बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भिडियो सन्देशमार्फत सेयर बजारको परिपक्व विकासका निम्ति ‘सेयर सुत्र’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताउनुभयो । “सेयर बजारका समस्यालाई नीतिगत र व्यावहारिक रूपमा समाधान गर्दै परिपक्व ढङ्गले अगाडि बढाउनका निम्ति सरकारले सार्थक प्रयास गरिरहेको छ । सेयर बजारविज्ञ लेखक भट्टराईको पुस्तकले सेयरबारे अझै चेतना अभिवृद्धि गर्नेछ”, उहाँले भन्नुभयो ।

    सट्टेबाजी नगरी सेयरबाट पैसा कमाउने वेञ्जामिन ग्राहमका एक सय वर्ष अघिका सुत्रलाई आधार बनाउँदै सेयरबाट धनसम्पत्ति बढाउने सुत्र र रणनीति यस पुस्तकमा प्रस्तुत भएका बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले बजारमा लगानी गर्न चाहने तथा गरिरहेका सबैका लागि यी सुत्र उपयोगी हुन सक्ने बताउनुभयो । “आफ्नो जोखिम लिने क्षमता मूल्याङ्कन गरी सेयर बजारमा तनाबमुक्त तरिकाबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने विभिन्न आधार सुत्रात्मक तबरले समेटिएको पुस्तक हो, सेयर सुत्र”, उहाँले भन्नुयो ।

    भोलि सार्वजनिक विदा ,  शेयर बजार बन्द हुने

    काठमाडौं  ।  श्री कृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ ।

    शेयर बजार : नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा, १९ अर्ब ७४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा आएको छ ।आज  १९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
    यस दिन ३३३ कम्पनीको ४ करोड २६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८४ करोड ६८ लाखभन्दा बढीसहित कारोबार रकममा अपि पावर अग्रस्थानमा छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंक परेका छन् ।

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो स्वीकृती

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ ।

     

    कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    स्वीकृती पाएसँगै कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख २४ हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । 

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ ।

     

    कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    स्वीकृती पाएसँगै कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख २४ हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

    आरती पावरले ३६ लाख कित्ता आईपीओ निष्कासन गर्ने

    काठमाडौं । आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

     

    सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी द्विपक्षीय सम्झौतासमेत सम्पन्न भएको छ । गत बिहीवार आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

     

    'लाेडशेडिङ' अन्त्यपछि बिजुली खपत तीन गुणा बढ्यो

    काठमाडौँ । मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ ।

     

    आर्थिक वर्ष २०७२/७३ मा तीन ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो ।

     

    गत आवमा सबैभन्दा बढी ग्राहस्थ्र्यतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि एक सय ३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा चार सय युनिट पुगेको छ ।

    ‘बैङ्किङ कसुरजन्य अपराधको अनुसन्धान, अभियोजन र कारबाहीका लागि नयाँ कानुन आवश्यक’

    काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित एवं प्रभावकारी बनाउन ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको बताउनुभएको छ ।

     

    प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्नुहुँदै अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा बैङ्किङ कसुर र चेक अनादरसम्बन्धी घटना उल्लेख्य रुपमा बढेको बताउनुभयो । उक्त घटनाको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप व्यवस्थित गर्न यो विधेयक कानुनका रुपमा कार्यान्वयनमा आउनुपर्ने उहाँको धारणा छ । विधेयकले चेक अनादरजस्ता बैङ्किङ कसुरजन्य कार्यमा आर्थिक जरिवानालाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।

    हिमालय ऊर्जा विकासको शतप्रतिशत हकप्रद सेयरमा भदौ १२ गतेसम्म आवेदन दिने सकिने

    काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । यस कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

     

     उक्त हकप्रद सेयरका लागि असार १९ गतेसम्म कायम रहेका लगानीकर्ताले आवेदन दिन पाउनेछन् । यसमा आवेदन दिने अन्तिम म्याद भदौ १२ गते बुधबारसम्म रहेको छ । 

    यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आइआरएन डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । 

    आँखुखोला जलविद्युतको हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिने सकिने

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर खरीदका लागि पुनः सूचना जारी गर्दै आग्रह गरेको छ । कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेकोे हो । कम्पनीले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेकाले असार ३१ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद खरीद गर्न योग्य भएका हुन । भदौ १६ गतेसम्म मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

    सांग्रिला डेभलपमेन्ट बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ लाख १५ हजार ३५५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ३९ हजार ६८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी र ७५ हजार ६७२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

     

    सर्वसाधारणमा विक्रीमा आएको यी शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरेकोमा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री खुला गरिएको हो ।आवेदन कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

    प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

    काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद (कर तिर्न) घोषणा गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको छ ।

    भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ अनिल अम्बानीमाथि सेयर बजारमा ५ वर्षको प्रतिबन्ध, २५ करोड जरिबाना

    काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ अनिल अम्बानीमाथि भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) ले ५ वर्षको प्रतिबन्ध लगाएको छ । साथै, उनलाई २५ करोड रुपैयाँ जरिवाना पनि लगाइएको छ ।

     

    सेबीको यो कारबाहीले अनिल अम्बानी र उनका कम्पनीका लागि संकट बढाउने देखिन्छ । योसँगै अनिल धिरुभाई अम्बानी समूह ९एडीएजी० को चम्किलो तारा रहेको रिलायन्स क्यापिटल फेरि एकपटक चर्चामा आएको छ ।
    सेबीका अनुसार अनिल अम्बानीले रिलायन्स होम फाइनान्सको प्रबन्धक पदमा खटिएका व्यक्तिहरूको सहयोग लिएर ठगी गरेका थिए । यी व्यक्तिहरूले मिलेर रिलायन्स होम फाइनान्सको पैसा अन्य कम्पनीमा पठाएका थिए ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकले भदौ ९ गते, आइतबारका लागि अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ।  यस दिन डलरका खरिददर भने १३३ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।

     

    यस दिन युरोपियन युरो एकको खरिदमा भने १४८ रुपैयाँ ८३ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५० पैसा पाइन्छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा तोकिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रुपैयाँ १ पैसा पाइन्छ।

    नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

    काठमाडौँ । भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  

     

    नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । त्यसपछि दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो ।

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट

    काठमाडौंँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार बैंकको ग्राहकहरुले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनुहुनेछ ।ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    चालु आवको पहिलो महिना साउनमा आयात निर्यात दुवै खुम्चियो, व्यापार घाटा १ खर्ब १६ अर्ब बढी

    काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो महिना साउनमा गत वर्षको तुलनामा व्यापार घाटा ०.३८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब  १५ करोड ९ लाख ७४ हजार बराबर भएको छ ।गत आर्थिक वर्षको साउन महिनामा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार बराबर भएको थियो ।

     

    भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको साउनमा आयात निर्यात गत आवको साउन महिनाको तुलनामा घटेको छ ।चालु आवको साउनमा आयात १ खर्ब २८ अर्ब ३७ करोड ७१ लख २१हजार बराबर रहेको छ भने निर्यात १२ अर्ब२२ करोड६१ लाख४७ हजार गरिएको छ ।

    वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट भन्सार संकलन साउन महिनामा घट्यो , ३ अर्ब ७५ करोड असुल

    वीरगञ्ज । चालु आर्थिक वर्षको साउन महिनामा सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जबाट  ३ अर्ब ७५ करोड राजस्व संकलन भएको छ ।भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा ४ अर्ब ७३ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको ७९.२८ प्रतिशत अर्थात् ३ अर्ब ७५ करोड २२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

     

    भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार रुपैयाँ लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६.०१ प्रतिशत अर्थात् ४ अर्ब ७ करोड ६९ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    भारतमा बस दुर्घटनामा बारागढीका ४५ तीर्थयात्री घाइते

    बारा ।नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् । 

     

    उक्त बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । तीन जना गम्भीर घाइते छन् । दुई जना सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुवोध साह तेली र नौ वर्षीया बालिका रहेका छन् । ना७ख ६४४६ नम्बरको देव दर्शनको सो बसलाई ट्रकले पछाडीबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उहाँले बताउनुभयो । सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि गएका थिए ।

    टेलिग्रामका सीइओ फ्रान्समा पक्राउ

    काठमाडौं । म्यासेन्जिङ एप टेलिग्रामका संस्थापक तथा सीइओ पावेल दुरोभ फान्सको बोर्जेट एयरपोर्टमा पक्राउ परेका छन् । उनी शनिबार साँझ प्रकाउ परेका हुन । टेलिग्राम अनुप्रयोगको सम्बन्धमा उनी प्रकाउ परेको जनाइएको छ । यद्दपि, प्रकाउका लागि विशेष कारण अझै खुलासा नगरिएको ‘लाइभमिन्ट’ले जनाएको छ । उनको फ्रान्स र संयुक्त अरब इमिरेट्सको दोहोरो नागरिकता छ ।

    उनको सम्पति १५.५ अर्ब डलर भन्द बढीरहेको जनाइएको छ । पावेल पहिला रुसको नागरिक थिए । पछि सन् २०२१ मा फ्रान्सको नागरिक बनेका हुन् ।

    यो साउनमा गत वर्षको तुलनामा ६७ प्रतिशतले गाडी आयात

    काठमाडौँ । यो साउनमा सवारी साधनको आयात ६७ प्रतिशतले बढेको छ ।गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा सवारीसाधनको आयात ६७ प्रतिशतले बढेको हो । 
    यो वर्षको साउनमा गत वर्षको तुलनामा ९ हजार ७८२ एकाई धेरै सवारी साधन  आयात भएको छ ।चालु आर्थिक वर्षको साउनमा ४ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ बराबरको २४ हजार ३१० एकाई सवारीसाधन आयात भएको छ । यसबाट सरकारले ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।गत वर्षको साउन महिनामा कुल २ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ बराबरको १४ हजार ५२८ एकाई सवारीसाधन आयात भएका थिए। यसबाट सरकारले ३ अर्ब २ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो।

    सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले   सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

     

    सरकारले राष्ट्रिय परिचयपत्र जारी गर्न  ढिलाइ गरिरहेको बेला त्यसलाई अनिवार्य बनाउँदा  कैयौँ जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।सो रिट निवेदनमा सर्वोच्चले यस्तो आदेश दिएको छ ।

    सुनको मूल्य प्रतितोला १ हजार  बढ्यो, प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ

    काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । 

       आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १८ सय ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय १५ रुपैयाँ कायम रहेको थियो । 

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५१३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९।३९ डलरमा कारोबार भइरहेको छ । 

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस