काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ कायम रहेको थियो । पछिल्लो समय मध्येपूर्वमा चलेको द्वन्द्व, अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा सुनको माग बढिरहेको अनुमान गरीएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ५० रुपैयाँ रहेको थियो ।