काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १७ सय ७५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९६।७६ डलरमा कारोबार भइरहेको छ ।