Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ १७ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, भदौ १७ सोमबार

  • 306
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ १७ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १७ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    नेपाल रि-इन्स्योरेन्सको ६० लाख ८६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल रिइन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

     

    कम्पनीको ६० लाख ८६ हजार ४३३ दशमलव २८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खाता आएपछि कारोबार गर्न सकिनेछ ।  

    कम्पनीले जेठ १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    सनराइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

    काठमाडौं, मिति २०८१/०४/३० । लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सनराइज  बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गर्नु भयो ।

     

    उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै उहाँले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गर्नु भयो । उहाँले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस भनी कामना गर्नुभयो ।

    सोही कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  अजय विक्रम शाह ज्यूले लक्ष्मी सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा ंसंस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गर्नु भयो ।

    स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । स्वरोजगार लघुवित्तले २९ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक आवेदनकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबारबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, बनेपा-५ काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ ।

    शेयर बजार : नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा, १३ अर्ब १० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा आएको छ ।  आज १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।
    यस दिन ३३५ कम्पनीको ३ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड ५२ लाखसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रोमा अपि पावर र तेस्रोमा हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले अधिकतम ७५ रूपैयाँसम्म बोनस दिने

    काठमाडौं । सानिमा रिलायन्स लाइृफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले साविक रिलायन्स लाईफ इन्स्योरेन्सका विमितहरूका लागि आर्थिक वर्ष ०७८÷७९ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा अधिकतम ७५ रूपैयाँसम्म बोनस दिने भएको हो । कम्पनीले प्रति हजार रूपैयाँमा उक्त बोनस दर दिने भएको हो ।

     

    कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर अनुसार प्रतिहजार न्यूनतम १९ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म हुने उल्लेख छ । न्यूनतम प्रतिहजार १९ रूपैयाँ बोनस कम्पनीले सामूहिक सावधिक बीमालेखमा दिने भएको हो । यो बीमालेख ९ वर्षदेखि २५ वर्षअवधिसम्मको रहेको छ । सबै अवधिका यस योजनाका विमितहरूले प्रतिहजार १९ रूपैयाँ बोनस पाउनेछन् । अधिकतम बोनस दर भने कम्पनीले सावधिक बीमा योजनाका विमितहरूलाई दिने भएको हो । यस योजना अन्तर्गत २५ वर्षदेखि माथीको बीमा योजनामा कम्पनीले प्रति हजार ७५ रूपैयाँ बोनस दिने भएको हो ।

    अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने

    काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयले ६० करोड ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको हो ।

     

    दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नु पर्नेछ । चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानीअन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्न सहमति दिइएको हो ।

    यो प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसान आन्दोलित छन् । किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा अर्थ मन्त्रालय, कृषि मन्त्रालय र दुग्घ विकास संस्थाका अधिकारबीच पटकपटक छलफल भएको थियो ।

    स्वरोजगार लघुवित्तको २९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ७२१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले भदौ १७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिभित्र आवेदन पेश गर्नुपर्नेछ ।

     

    आवेदन कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

    विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने , साधारण सभा असोज २२ गते

    काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नेलगायतका प्रस्ताव पारितका लागि आगामी असोज २२ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । 

     

    भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नारायणहिटी दरबारको उत्तरढोकास्थित भिनोलिभा हस्पिटालिटी प्रालिमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    जलविद्युत लगानी तथा विकास कम्पनीको लिलामी सेयर बाँडफाँट

    काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले भदौ २९ गतेदेखि भदौ ६ गतेसम्म १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको थियो । 

    उक्त लिलामीको बोलपत्र भदौ १२ गते खोलिएको थियो । जसमा न्यूनतम १३५ रुपैयाँका दरले (कट आफ प्राइस) बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम बाँडफाँट गरिएको छ ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ १७ गते सोमबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
    राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ भने खरिददर १४७ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा खरिद दर १७५ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

     

     अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६७ पैसा पाइन्छ ।

    भाद्रकृष्ण औँसी : गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान दिवस

    काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

     

    शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

    वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

    पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८०र८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट रु ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिनुभयो । चालु आवको साउनमा भने रु ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए ।  

     

     वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा रु २० करोड ६० लाखका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा रु १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ ।

    सुनको मूल्य प्रतितोला तीन सयले घट्यो, प्रतितोला १ लाख ५२ हजार रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । 

     

    सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १७ सय ७५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९६.७६ डलरमा कारोबार भइरहेको छ ।

     

    कांग्रेसको वित्तीय संस्था समन्वय विभाग र पूर्वआप्रवासी समन्वय विभागमा सदस्य मनोनित

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहनुभएको वित्तीय संस्था समन्वय विभागमा आज १० जना सदस्य मनोनित गर्नुभएको छ ।

     

    यसैगरी उहाँले आजै केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहनुभएको पूर्वआप्रवासी समन्वय विभागमा १० सदस्य मनोनित गर्नुभएको छ । वित्तीय संस्था समन्वय विभागमा भीमकुमार चौधरी, गणेश यादव, धरम ब्लोन ९लामा०, विष्णुप्रसाद घोरासैनी, सुरेन्द्रनाथ शर्मा, चीरञ्जीवी नेपाल, धु्रव पुन, डिलमान चन्द, दिनेश जोशी र लक्ष्मी शाह मनोनित हुनुभएको हो । 

     

    यसैगरी पूर्वआप्रवासी समन्वय विभागमा रामेश्वर शाह, यदुनाथ पाण्डे, सुभाष लोहनी, विज्ञान प्रसाईं, रामबहादुर कोङलिवा लिम्बू, नविन पोखरेल, कृष्णप्रसाद लम्साल, पूर्ण कोइराला, उमा कार्की र बालकुमारी सुनार मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    तारा एयरले मङ्गलबारदेखि पोखरा–जोमसोम उडान सुरु गर्दै

    काठमाडौँ । तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ ।

     

    प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । पर्यटकीय ‘सिजन’ सुरु हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि विसान गर्नेछ । कम्पनीका अनुसार हालका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ । 

    तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई सात सय ३९ मिटर रहेको छ ।

    सर्तसहित एनसेलको लाइसेन्स नवीकरण

    काठमाडौं । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । सर्तसहित एनसेलको लाइसेन्स आइतबार सरकारले  नवीकरण गरेको हो ।

     

    गत साता बिहीबार (१३ भदौ) मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण ग¥यो ।

    लाइसेन्स नवीकरण भएको दूरसञ्चार प्राधिकरणको पत्र एनसेलले बुझेपनि  यसबारे एनसेलले औपचारिक रूपमा केही सार्वजनिक  गरेको छैन । एनसेलको लाइसेन्सको म्याद आइतबार (१६ भदौ) मा सकिएको थियो ।

    दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो ।

    नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छः मन्त्री दाहाल

    चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताउनुभयो । 

     

    मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गर्नुभयो । “सडक निर्माणको काम सुरु भएको लामो समय भइकेको छ तर प्रगति हेर्दा ५४र५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

    भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिममा चरणमा

    भैरहवा । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ ।

     

    पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्क निर्माण गरिने परियोजना संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो । पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुनसक्ने क्षति रोक्न ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएका छन् ।

    बर्दिया डिस्टिलरीको करोडौँ राजस्व छलीको फाइलमा राजस्व अनुसन्धान विभागका दुई महानिर्देशको फरक फरक निर्णय, अदालत जानुपर्ने फाइल किन आन्तरिक राजस्व विभाग मोडियो ?

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले विगत चार वर्ष अगाडिदेखि निरन्तर अनुसन्धान गरिरहेको एक फाइलमा दुई महानिर्देशकले फरक फरक निर्णय गरेको पाइएको छ ।राजस्व अनुसन्धान विभागले २०७८सालमा छापा हानेर अनुसन्धान गरिरहेको बर्दिया डिस्टिलरी र उसका सिस्टर कम्पनीहरूको फाइलमा विभागका दुई महानिर्देशकले गरेका फरक फरक निर्णयले कर छलीसम्बन्धी फाइल विवादमा तानिएको हो ।

     

    बर्दिया डिस्टिलरी तथा उसका सिस्टर कम्पनीहरू ओम वैभव लक्ष्मी प्रालि, चित्रालेखी सप्लायर्स, मेगाश्री सप्लायर्स, ओम शिव शिखर स्टोर्स, त्रिवेणी ट्रेडलिंक प्रालि, तानिया पश्मिना एन्ड इन्डस्ट्रिजलगायतका कम्पनीहरू र त्यसका सञ्चालकहरू नरबहादुर ओली , उषा धनावत र शिव अग्रवालबाट ४० करोड बिगो र त्यसमा जरिवाना त्यतिकै रकम मागदाबीसहित महानिर्देशक नवराज ढुंगानाको पालामा मुद्दा हाल्ने  प्रयोजनका लागि अभियोजन प्रतिवेदन स्वीकृत गरिएको थियो ।

    नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु : सातजना बिरामी

    खजुरा । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।  नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिनुभयो । 

     

    भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।” 

    बीमाको दायरा पाँच लाख पु-याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा लागू गर्न काग्रेसको माग

    काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमालाई रु पाँच लाख कायम गर्न सरकारसँग माग गरेको छ । 

     

    पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको बीमामा एकद्वार प्रणाली लागु गर्ने र दायरा बढाउने घोषणालाई पार्टी केन्द्रले अपनत्व लिँदै यस्तो माग गरेको हो । 

    पार्टी केन्द्रीय समिति बैठकपछि आज मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बीमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएका सबै जटिलतालाई हटाउन र सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्नका लागि सो व्यवस्था लागु गर्न माग गरिएको उल्लेख छ ।

    वर्षौँपछि फर्किनुभएका प्रकाशलाई घरमै नागरिकता

    टक्सार  ।हेर्ने कथा’ नामक युट्युब च्यानलको पछिल्लो अङ्क ‘हराएका वर्ष’ सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । हराएका वर्षका पात्र प्रकाश तामाङका बारेमा प्रशस्त टीका टीप्पणी भए । 

     

    ३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौँ आउँदा हराउनुभएका उहाँ गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा हुनुहुन्थ्यो । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उहाँको परिवार भोजपुरमा रहेको पत्ता लागेको थियो । 

     

    गोरखाको चुम भ्यालीदेखि भोजपुरस्थित प्रकाशको परिवारसम्म श्रव्यदृश्यमार्फत प्रस्तुत कथा सार्वजनिक भएसँगै नागरिकताका लागि भोजपुरवासीले पहल थालेका थिए । आज भोजपुर षडानन्द नगरपालिका–१० साङपाङको छाप्लेगाउँस्थित प्रकाशको घरमै पुगेर इलाका प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको हो । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस