Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

साउथ एसिया रिजन इन्क्लुजन इनिसिएटिभ सार्फीका अध्यक्षमा गर्भनर अधिकारीको चयन

साउथ एसिया रिजन इन्क्लुजन इनिसिएटिभ सार्फीका अध्यक्षमा गर्भनर अधिकारीको चयन

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई साउथ एसिया रिजन इन्क्लुजन इनिसियटिभ (सार्फी)को अध्यक्ष चयन गरिएको छ ।मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा सोमबारदेखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुजन ग्लोबल पोलिसी फोरमको बैठकअन्तर्गत आज सार्फी लिडर्स राउन्टेबलका क्रममा अधिकारीलाई अध्यक्ष चयन गरिएको हो ।

    राउन्टेबलका क्रममा सार्फीको नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएसँगै अधिकारी अध्यक्ष चयन भएको राष्ट्र बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट अध्यक्षता ग्रहण गरेका थिए। सार्फी लिडर्स राउन्टेबलबाट स्टेट बैंक अफ पाकिस्तान उपाध्यक्ष चयन भएको छ।

    यसअघि सार्फीको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो। राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उपाध्यक्ष थिए।सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा भएको ग्लोबल पोलिसी फोरमको बाह्रौं बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंक यो सञ्जालमा आबद्ध छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij