Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

भन्सार भएर आउने सुनको आयात यो साउन करिब आधाले घट्यो, यो साउनमा १ किलो ९५ ग्राम


नया सडक

२०८१, भदौ २० बिहीबार

  • 504
    Shares

  • भन्सार भएर आउने सुनको आयात यो साउन करिब आधाले घट्यो, यो साउनमा १ किलो ९५ ग्राम

    काठमाडौं । भन्सार भएर आउने सुन यो साउनमा करिब आधाले घटेको छ ।गत आवको पहिलो महिना साउनको तुलनामा चालु आवको पहिलो महिना साउनमा भन्सारबाट आउने सुनको आयात तौल करिब सय किलोले घटेको हो । गत आव २०८०÷८१मा यूएईबाट  २ लाख ग्राम अर्थात २सय किलो सुन आयात भएको थियो ।

    त्यतिखेर सुनको आयात मूल्य प्रतिग्राम ८ हजार २सय ६८ रुपैया ८३ पैसा बढी र आयात राजस्व प्रतिग्राम १ हजार २सय ४० रुपैया ३३पैसा बढी रहेको भन्सार विभागले प्रतिवेदन अनुसार रहेको छ । प्रतिवेदनमा कुल २ किलो सुनको आयात मूल्य १अर्ब ६५करोड ३७लाख ६७हजार र आयात राजस्व २४ करोड ८० लाख ६७ हजार रहेको छ ।

    यसैगरी यो साउनमा चार देशबाट आयात गरिएको सुनको कुल मौज्दात १ लाख ९५ ग्राम अर्थात १सय किलो ९५ ग्राम सुन आयात भएको प्रतिवेदनमा उल्लेख छ ।जसमा चीनबाट २० ग्राम , हंगकंगबाट ७५ ग्राम, मलेसियाबाट १० ग्राम र टर्कीबाट १ लाख ग्राम आयात गरिएको छ । चीनबाट आयात गरिएको २० ग्राम सुनको  आयात मूल्य २लाख १०हजार ,हंगकंगबाट आयात गरिएको ७५ ग्राम सुनको आयात मूल्य ७ लाख ९०हजार, मलेसियाबाट आयात गरिएको १० ग्राम सुनको मूल्य १लाख ५हजार र टर्कीबाट आयात गरिएको १ लाख ग्रामको मूल्य १अर्ब ०४करोड १६ लाख६१हजार  रहेको छ । 

    जस अनुसार चीन र मलेसियाको सुनको प्रति ग्राम मूल्य १० हजार ५ सय रहेको छ । हंगकंगको सुनको प्रतिग्राम मूल्य १० हजार ५सय ३३ रुपैया ३३ पैसा भन्दा बढी रहेको छ । यस्तै टर्कीबाट आयात गरिएको सुनको मूल्य प्रतिग्राम १० हजार ४सय १६ रुपैया आयात मूल्य रहेको भन्सार विभागको प्रतिवेदन अनुसार रहेको छ ।

    प्रतिक्रिया दिनुहोस