काठमाडौ । ग्रीनलाइफ हाइड्रोपावरले संस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको कार्यालय, कमलादी काठमाडौंमा आवेदन दिनु पर्नेछ ।