काठमाडौँ । आज नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ बिन्दुमा आएको छ । आज ९ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज सबै समूहका सूचक घटेका छ ।
यस दिन ३२७ कम्पनीको २ करोड १० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३७ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र हाथवे इन्भेष्टमेन्ट नेपाल परेका छन् ।