Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

असोज ७ गतेदेखि चाडपर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्ने सरकारको तयारी


नया सडक

२०८१, भदौ २५ मंगलबार

  • 177
    Shares

  • असोज ७ गतेदेखि चाडपर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्ने सरकारको तयारी


    काठमाडौं । सरकारले असोज ७ गतेदेखि दसै, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालन तयारी गरेको छ । चाडपर्वमा बजार मूल्यलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य निर्धारण गर्न भन्दै सकराले हरेक वर्ष सहुलयितपूर्ण पसल सञ्चालन गर्दै आएको छ । सरकारले बजेटमा सहुलियत पसलका लागि ३ करोड बजेट विनियोजन गरेको छ । 

    उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुनेछन् । 


    प्रतिक्रिया दिनुहोस