काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।