काठमाडौँ । कर्मचारी सञ्चय कोषको कारोबार सोमबार ३१ गते भदौ बन्द हुने भएको छ । कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा भदौ ३१ गते कोषका कारोबार बन्द हुने भएको हो ।
कोषले भोलि भदौ ३१ गते ६३औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको जनाएको छ ।कोषको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अपरान्ह ४ बजे हुने भएकाले कोषका पूर्वकर्मचारीलाई निमन्त्रणा गरिएको छ ।