Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

ग्रेनाइट/मार्बल उद्योगी / व्यवसायी र सरकारबीच मूल्यांकन टसल कायमै, सयौँ गाडी सीमामा रोकिएकाले उद्योगी / व्यवसायीको तनाव बढ्दै

ग्रेनाइट/मार्बल उद्योगी / व्यवसायी र सरकारबीच मूल्यांकन टसल कायमै, सयौँ गाडी सीमामा रोकिएकाले उद्योगी / व्यवसायीको तनाव बढ्दै

  • काठमाडौँ । ग्रेनाइट/मार्बल उद्योगी /व्यवसायी र सरकारबीच मूल्यांकन सम्बन्ध टसलको निकास अझ सम्म निस्केको छैन् ।ग्रेनाइट लोडेडे सयौँ गाडी सीमामा रोकिएर रहेको र उच्च पदस्थ अधिकारीहरूले उद्योगी व्यवसायीका माग ठिक भएको भनिएपनि निकास निस्कन ढिलाइ भइरहँदा उनीहरूको तनाव झन् बढेर गएको हो । २ हप्तादेखि विराटनगर, भैरहवा, कृष्णनगर र वीरगंज भन्सारमा जाँचपास हुन नसकेर ग्रेनाइट लोड गरिएका सयौँ गाडी रोकिएर रहेका हुन्।

    भन्सार कार्यालयहरूले उद्योगीले घोषणा गरेको वर्गीकरण मानेर जाँचपास गर्दा आयातकर्ताले भन्सार महसुल ७.२५ प्रतिशत र भ्याट तिर्नुपर्छ। यसको कुल असर २१.१९ प्रतिशत हुन आउँछ। यो साफ्टा अन्तर्गतको आधारमा निर्धारण गरिनेछ ।ग्रेनाइट ढुंगा साफ्टाअन्तर्गत आयात गर्दा भन्सार महसुल ७.२५ प्रतिशत मात्र छ। साफ्टाबाहेकको आयातमा भन्सार १० प्रतिशत छ। साफ्टाबाहेकको आयातमा भन्सार महसुल र भ्याट गरी २४.३ प्रतिशत हुन्छ। तर भन्सार विभागले दाबी गरे अनुसारको वर्गीकरण मानेर जाँचपास गर्दा भन्सार महसुल २० र अन्तःशुल्क २५ प्रतिशतसहित भ्याट पनि तिर्नुपर्ने हुन्छ। यो भनेको ६९.५ प्रतिशत हुने भएकाले उद्योगीहरूले भन्सार नछुटाउँदा गाडी रोकिएका हुन् ।

    यसबारे नयाँ सडकले यसअघि सम्बन्धित सबै सरोकारवालाको ध्यान आकृष्ट गराएको थियो । हेर्नुहोस :https://nayasadak.com/details/44614

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij