Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ३० खर्ब रुपियाँ निक्षेप तान्दै नेपाल राष्ट्र बैंक


नया सडक

२०८१, असोज ६ आइतबार

  • 81
    Shares

  • बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ३० खर्ब रुपियाँ निक्षेप तान्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । 

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 
    भदौ २९ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ६५ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यसै अवधिमा जम्मा ५२ खर्ब १६ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंकहरुसँग ७ खर्बमाथि लगानीयोग्य पुँजी ९तरलता० रहेको छ । 

    केन्द्रीय बैंकका अनुसार भदौ २९ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ७८।७९ प्रतिशत मात्र सीडी रेसियो ९कर्जा÷निक्षेप अनुपात० कायम गरेका छन् । नियम अनुसार बैंकहरु सीडी रेसियो ९० प्रतिशतसम्म जान पाउछन् ।
     बजारमा कर्जाको माग नै नहुँदा बैंकहरुले चाहेर पनि लगानी बढाउन सकेका छैनन् ।

    यस्तो अवस्थामा सस्तो ब्याजमा नै केन्द्रीय बैंकलाई निक्षेप बुझाउन बैंकहरु बाध्य छन् । यसै कारण केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा लगातार निक्षेप संकलन बोलकबोल मार्फत तरलता प्रशोचन गरिरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस