Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

सर्वोत्तम सिमेन्टको २४ लाख कित्ता शेयरको सकियो 'लक-इन' अवधि


नया सडक

२०८१, असोज ६ आइतबार

  • 105
    Shares

  • सर्वोत्तम सिमेन्टको २४ लाख कित्ता शेयरको सकियो 'लक-इन' अवधि

    काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको 'लक-इन' अवधि सकिएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको २४ लाख कित्ता शेयरको 'लक-इन' अवधि गत शनिवार सकिएको हो ।   

    कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ २०८० फागुन २५ गते बाँडफाँट गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको शेयरको १ लाख ५४ हजार २२७ कित्ता शेयरको 'लक-इन' अवधि भने गत भदौ २५ गते सकिएको थियो । 

    कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण शेयरमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस