Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप


नया सडक

२०८१, असोज ६ आइतबार

  • 138
    Shares

  • दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको छ । आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो ।


    जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।

    उनी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो जिल्ला अदालत काठमाडौं गएको थियो । अदालतले पक्राउ अनुमति दिएपछि प्रसाईंलाई पक्राउ गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस