Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

पर्सा प्रहरीले बिलबीजक भन्दा करिब दुई करोड बढीको मालवस्तु समातेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा थप कारबाहीका लागि बुझायो

पर्सा प्रहरीले बिलबीजक भन्दा करिब दुई करोड बढीको मालवस्तु समातेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा थप कारबाहीका लागि बुझायो

  • काठमाडौं । पर्सा प्रहरीले करिब दुई करोड बराबरको मालवस्तुसहितका दुई ट्रक समातेर थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।जिल्ला प्रहरी पर्साबाट खटिएको एक टोलीले वीरगञ्ज महानगरपालिा वडान २५को ड्राईपोर्ट(सुख्खा बन्दरगाह)सडकखण्डमा बिलबीजक भन्दा बढी मालवस्तु रहेको ट्रकमा अन्दाजी ५२ लाख २२ हजार ९सय २४ रुपैयाँ बराबरको हार्ड सुटकेस विथ ट्रलीसहितका सामान फेलाा पारेको थियो ।हार्ड सुटकेस विथ ट्रलीसहितका मालवस्तु लोड गरिएको  ना ७ ख ७४२४को मालवाहक ट्रक आईसीपीबाट वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा प्रहरीले सो ट्रक नियन्त्रणमा लिएको थियो ।

    प्रहरीले विशेष सूचनाका आधारमा भदौ ४ गते समातेको सो ट्रकसहितको मालवस्तु राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ ।यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको एक टोलीले भदौ ५ गते वीरगञ्ज महानगरपालिका वडा १९स्थित सिर्सिया चोकबाट अन्दाजी १ करोड ४२ लाख १ हजार ७ सय ९१ रुपैया बराबर बिलबीजक भन्दा बढी मालवस्तु रहेको ट्रक नियन्त्रणमा लिएको थियो । पर्सा प्रहरीले जनाए अनुसार हार्डवेयर लगायतका मालवस्तु रहेको सो ट्रक वीरगञ्जबाट काठमाडौँ तर्फ जान लागेको थियो । सिर्सिया चोकबाट नियन्त्रणमा लिइएको ट्रक नम्बर ना ५ ख १६७सहितको हार्डवेयर थप अनुसन्धानका लागि  राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij