काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको छ ।
आइतबार तोलामा १७ सय रुपैयाँले बढेर सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।