Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

इन्फिनिटी लघुवित्तको ६७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


नया सडक

२०८१, असोज ७ सोमबार

  • 105
    Shares

  • इन्फिनिटी लघुवित्तको ६७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार ८८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३० हजार कित्ता र अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी ३७ हजार ८८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
    विद्यमान संस्थापक शेयरधनीहरूले भने आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट, नवरपरासीमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गरिएको शेयर ३५ दिनभित्र विक्री हुन नसकेमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस