Logo

Jun 30 2025 | २०८२, असार १६गते

Jun 30 2025 | २०८२, असार १६गते

images

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ४.२१ प्रतिशत लाभांश घोषणा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ४.२१ प्रतिशत लाभांश घोषणा

  • काठमाडौ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज मिति २०८१ साल आश्विन ०७ गते सोमबार बसेको ४६३औं सञ्चालक समितिको बैठकले शेयरधनी महानुभावहरुलाई आर्थिक वर्ष २०८०(८१को मुनाफाबाट ४।२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ।व २०८०र८१को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी रु। १४,२००,९७४,००६र( को ४ प्रतिशतले हुने रु ५६,८०,३८,९६०र२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०।२१ प्रतिशतले हुने रु २,९८,९६,७८७र३८ सहित जम्मा रु ५९,७९,३५,७४७र६१ दिने प्रस्ताव गरिएको छ ।

    BUILDING.jpg

    उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।
    २०६४ साल वैशाख ७ गतेबाट कारोवार सञ्चालन गरि विगत १८ वर्ष देखी वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५र६६ देखी नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएको छ । आर्थिक वर्ष २०६५र६६ देखि आर्थिक वर्ष २०८०र८१ सम्मको औषत लाभांश दर ११।५६ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२।१० प्रतिशत रहेको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij