Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

चालु आवको पहिलो दुई महिनमा व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ दाख २३ हजार बराबर आयात , आयात वृद्धि १.०८ प्रतिशत


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 147
    Shares

  • चालु आवको पहिलो दुई महिनमा व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ दाख २३ हजार बराबर आयात , आयात वृद्धि १.०८ प्रतिशत

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ३७ अर्ब४४ करोड ९५लाख२३ हजार घाटा भएको छ । गत आवको तुलनामा यो १. ७८ प्रतिशतले बढी छ । गत आवको पहिलो दुई महिना भाद्र सम्मको व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रहेको भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

    यसै गरी चालु आवको पहिलो दुई महिनामा आयात १. ०८ प्रतिशतले बढेको छ । चालु आवमा २ खर्ब ६२अर्ब ५४ करोड २६ लाख २६ हजारको आयात भएको छ भने सोही अवधिमा निर्यात २३ अर्ब ९ करोड ३१ लाख ३ हजार बराबरको भएको छ । गत आवको तुलनामा निर्यात ५.१२ प्रतिशतले घटेको छ । गत आवमा पहिलो दुई महिनामा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार बराबरको निर्यात भएको थियो ।

    चालु आवको पहिलो दुई महिना साउन भदौमा गरी कुल वैदेशिक व्यापारमा आधा प्रतिशतको वृद्धि भएको छ । चालु आवमा कुल व्यापार २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार बराबरको भएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस