Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

पर्सा प्रहरीद्वारा  बिलबीजक भन्दा बढी मालवस्तु रहेको ट्रक नियन्त्रणमा, ५८ लाख भन्दा बढीको मालवस्तु रहेको ट्रक कारबाहीका लागि बुझाइयो

पर्सा प्रहरीद्वारा  बिलबीजक भन्दा बढी मालवस्तु रहेको ट्रक नियन्त्रणमा, ५८ लाख भन्दा बढीको मालवस्तु रहेको ट्रक कारबाहीका लागि बुझाइयो

  • काठमाडौँ । पर्सा प्रहरीले बिलबीजक भन्दा बढी कस्मेटिक लगायतका मालवस्तुसहितको ट्रक नियन्त्रणमा लिएको छ ।५८ लाख ८६ हजार ३०रुपैयाँ बराबरको मालवस्तु रहेको ट्रकसहित थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनाएको हो ।

    पर्सा प्रहरीले जनाए अनुसार भदौ ७ गते बेलुका सवा आठ बजेतिर वीरगञ्ज महानगरपालिका वडा न २५स्थित आईसीपी चोकमा ना ३ ख ९८४५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिइएको थियो ।वीरगञ्जबाट काठमाडौँ तर्फ लाँदै गरिएको सो ट्रकमा बिलबीजक भन्दा बढीको मालवस्तु भएको पाइएकाले त्यसलाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्ति अनुसार उक्त ट्रकमा भएको मालवस्तु अन्दाजी ५८ लाख ८६ हजार ३० रुपैयाँ बराबर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij