काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ५५ रुपैयाँ कायम रहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो ।