काठमाडौँ । निओ मनि ट्रान्सफर प्रा.लि. र नेपाल बैंक लि.बीच मिति २०८१÷०५÷१२ गते बुधबार एक समारोहका बीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफर प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नेपाल बैंक लि. को तर्फबाट वरिष्ठ प्रबन्धक टेक बहादुर खड्काले हस्ताक्षर गरेको नियोले जनाएको छ ।
पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित निओ मनि ट्रान्सफर र देशभरी २३६ वटा शाखा कार्यालय रहेको र विभिन्न प्रकारको बैंकिङ सेवाहरु समेत प्रदान गर्दै आएको नेपाल बैंक लि.बीचको सम्झौता पश्चात निओ मनि ट्रान्सफर मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यालय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् । नेपाल बैंक लिसँगको सम्झौतासँगै निओ मनि ट्रान्सफर प्रा.लि.ले अब देशभर १५००० भन्दा बाढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ।
निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो । विशेष गरी डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने निओ मनि ट्रान्सफरले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट सेवालाई प्रभवकारी रुपमा प्रदान गर्दै आएको छ जसले गर्दा नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्राउन समेत टेवा पुर्याउने जानकारी निओ मनि ट्रान्सफर प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सागर खनालले नयाँ सडकसँगको कुराकानीमा दिएका छन् ।