Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

राजस्व अनुसन्धान विभागद्वारा विदेशी विनिमय अपचलन कसुरमा विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतसमेत विरुद्ध करिब दुई अर्ब मागदाबीसहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा विदेशी विनिमय अपचलन कसुरमा विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतसमेत विरुद्ध करिब दुई अर्ब मागदाबीसहित मुद्दा दायर

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले विकल पौडेल तथा उनकी पत्नी एलिना बस्ने उपर विदेशी विनिमय अपचलन कसुरमा करिब दुई अर्ब मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा अभियोग दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले विकल पौडेल विरुद्ध बिगोको तीन गुना एक अर्ब त्रियासी करोड उनन्चालीस लाख त्रिसठी हजार चार सय उनन्साठी रुपैयाँ समेत सजाय हुन मागदाबी लिई मुद्दा दायर गरेको हो ।

    राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचालन गरेको पुष्टी भएको आधारमा एकसठ्ठी करोड तेह्र लाख एकाइस हजार एक सय त्रिपन्न रुपैयाँ बीस पैसा  बिगो कायम हुन आएको र विदेशी विनिमय (नियमति) गर्ने ऐन २०१९को दफा १७ बमोजिम ३ गुनाले उक्त मागदाबी लिई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

    प्रतिवादी विकल पौडेलकी पत्नी एलिना बस्नेत प्रतिवादी विकल पौडेलले गरेको अवैध विदेशी मुद्रा कारोबार गर्ने कार्यमा संलग्न देखिएकोले प्रतिवादी बस्नेतलाई फरार कायम गरी चार करोड अन्ठाउन्न लाख बाह्र हजार दुई सय बीस रुपैयाँ सजाय हुन मागदाबी लिई बस्नेत विरुद्ध अभियोग दायर गरिएको विभागले जनाएको छ ।बस्नेतले १ लाख २९ हजार अमेरिकी डलर लिएर फरार भएको कायम गरी त्यस आधारमा एक करोड बाउन्न लाख  सत्तरी हजार सात सय चालीस बिगो कायम गरी उक्त ऐनको दफा १७ बमोजिम ३ गुना गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij