Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

राहत र पुनर्निर्माणमा विशेष पहल लिन माग गर्दै सांसद क्षेष्ठले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र


२०८१, असोज १५ मंगलबार

  • 354
    Shares

  • राहत र पुनर्निर्माणमा विशेष पहल लिन माग गर्दै सांसद क्षेष्ठले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

    काठमाडौं । असोज ११ र १२ गते गएको बाढी तथा पहिरोबाट पीडित नागरिकहरुको उद्धार, राहत तथा पुनर्निर्माणका लागि छिटो काम गर्न बागमतीका सांसद गंगानारायण श्रेष्ठले मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण गराएका छन् । श्रेष्ठले बाढी–पहिरोबाट मानवीय साथै भौतिक क्षति धेरै भएकाले तत्काल राहत तथा पुनर्निर्माण गर्न माग गर्दै पाँच बुँदे ध्यानाकर्षपत्र मुख्यमन्त्रीलाई बुझाएका हुन् ।

    उनले अप्ठ्यारो परिस्थितिमा विद्यमान कानुभन्दा माथि उठेर राहत तथा पुनर्निर्माणमा काम गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका छन् । उनले तीनै तहको समन्वयमा छिटो राहत तथा प्ुनर्निर्माणमा काम गर्न ध्यानाकर्षण गराएका हुन् । पाँच बुँदे ध्यानाकर्षण बुझाएका श्रेष्ठले कमजोर ठाउँका बस्तीको स्थान्तरणदेखि सडक सुचारु तथा बालीनाली सखाप भएका नागरिकलाई राहत उपलब्ध गराउन बागमती सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस