Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

बिलबीजक बिना २८ लाख बराबरको प्याजसहित भारतीय ट्रक सर्लाही प्रहरीको नियन्त्रणमा


नया सडक

२०८१, असोज १५ मंगलबार

  • 303
    Shares

  • बिलबीजक बिना २८ लाख बराबरको प्याजसहित भारतीय ट्रक सर्लाही प्रहरीको  नियन्त्रणमा

    मलंगवा । सर्लाही प्रहरीले भारतबाट अवैधरूपमा ल्याएको ३५ टन प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका ८ स्थित जेएच ०२ बीएम २९८१ नम्बरको १६ चक्के ट्रक  नियन्त्रणमा लिएको हो ।

    प्याजको बिलबीजक र प्रज्ञापनपत्र नरहेकाले उक्त ट्रक नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी सार्वजनिक गरेका छन् । उनका अनुसार नियन्त्रणमा लिएको ३५ टन प्याजको मूल्य २८ लाख मूल्य बराबर छ ।

    ट्रक अन्दाजी ६० लाख बराबर गरी ८८ लाखको सामान रितपूर्वक कारबाहीको लागि चालकसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस