Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

पर्सा प्रहरीद्वारा बिलबीजक भन्दा १ करोड ७० लाख बढीको औषधि तथा खाद्यान्नसहितको ट्रक नियन्त्रणमा


नया सडक

२०८१, असोज १७ बिहीबार

  • 411
    Shares

  • पर्सा प्रहरीद्वारा बिलबीजक भन्दा १ करोड ७० लाख बढीको औषधि तथा खाद्यान्नसहितको ट्रक नियन्त्रणमा

    काठमाडौँ । पर्सा प्रहरीले बिलबीजक भन्दा बढी औषधि तथा खाद्यान्न रहेको ट्रक नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा न १६ नगवास्थित सडकखण्डबाट ना ५ ख ५५४२ र बा प्र ०३–००१ ख १६५५ नम्बरका मालवाहक ट्रकहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी पर्साले जनाएको हो ।

    विशेष सूचनाका आधारमा असोज १४ गते साढे १० बजे राति बिलबीजक भन्दा बढीको औषधि र खाद्यान्न लोड रहेका ती ट्रकहरू जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले टोलीले नियन्त्रणमा लिएको विज्ञप्तिमा जनाइएको छ ।

    ती ट्रकहरूमा रहेका १ करोड सठसठी लाख उन्नाइस हजार बराबर रहेको मालवस्तु र ती मालवाहक ट्रकहरू थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको हो ।साथै १२ लाख ३ हजारका खाद्यान्न र लत्ताकपडा पक्राउ गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस