Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

राजस्व संकलनका लागि राजस्वका कर्मचारीमाथि दबाब बढाउँदै सरकार

राजस्व संकलनका लागि राजस्वका कर्मचारीमाथि दबाब बढाउँदै सरकार

  • काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीहरू माथि राजस्व संकलनका लागि दबाब बढाएका छन् ।राजस्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताउँदै अर्थमन्त्री पौडेलले सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा  कर्मचारी माथि सार्वजनिक अभिव्यक्ति दिएर दबाब बढाएका हुन् । सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यालय प्रमुखहरू कोही पनि सुरक्षित नहुने स्पष्ट पारे ।राजस्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरूलाई निर्देशन दिँदै  अर्थमन्त्री पौडेलले  लक्ष्य पूरा गर्नका लागि करदाताहरूसँग मैत्रीपूर्ण व्यवहार गर्न सुझाए ।

    त्रास, आतंक, भय सिर्जना गर्ने कामबाट कर प्रशासन सम्पूर्ण रूपमा अलग हुनुपर्नेमा बताउँदै मन्त्री पौडेलले अधिकांश कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको बताए ।करदातामैत्री व्यवहार गर्न निर्देशन दिँदै मन्त्री पौडेलले विभिन्न कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई कस्तो व्यवहार हुन्छ भनी जानकारी दिन माग गरे ।  उपप्रधानमन्त्री पौडेलले आफूले गर्ने कामलाई लगनशील भएर गर्नुपर्नेमा पनि बताए । 

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij