Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सीमाका भारतीय बजारमा नेपाली उपभोक्ताको ठेलमठेल नेपाली बजार ठण्डाराम, मर्कामा परेका व्यापारीहरूद्वारा उपाय खोजीको माग

सीमाका भारतीय बजारमा नेपाली उपभोक्ताको ठेलमठेल नेपाली बजार ठण्डाराम, मर्कामा परेका व्यापारीहरूद्वारा उपाय खोजीको माग

  • काठमाडौँ । सरकारी बेवास्ताका कारण आफ्नो घर अँध्यारो पारी अरूको घर उज्ज्यालो बनाउने काम भइरहेको छ । यस्तो अवस्था विशेषगरी चाडपर्वका बेला विशेष गरी खुला सिमाना भएको छिमेकी भारतको सीमावर्ती क्षेत्रका बजारमा  नेपाली उपभोक्ताको भीड लाग्ने गरेको छ । भारतको सीमावर्ती क्षेत्रमा सञ्चालन हुने बजार नेपाली उपभोक्ताको रुचिलाई ध्यान दिएर नै विस्तार भइरहेको छ ।

    नेपालको तराई मधेशका प्रमुख शहर र क्षेत्रमा रहेका बजार भारतको सीमावर्ती क्षेत्रका बजार सुक्न थालेको गुनासो व्यापारीहरूको रहेको पाइन्छ ।विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, अत्तरिया र महेन्द्रनगर, जनकपुर क्षेत्रका बजार आसपासका क्षेत्रका अधिकांश बासिन्दाहरूको  ठुलो परिमाणमा मालसामान खरिद गर्नुपरे भारतीय बजारहरूबाट नै हुने गरेको छ ।दशैँ तिहारका बेला काठमाडौँलगायतका क्षेत्रबाट त्यस क्षेत्रका बासिन्दा चाडपर्व मनाउन जाँदा उनीहरूले भारतीय बजारबाट मालसामान खरिद गर्न जानु स्वाभाविकै हुन जान्छ । 

    पशुपतिका जात्रा सिद्राको व्यापार हुने जस्तै उनीहरूका लागि भारतीय बजारको  घुमाइ पनि हुने र फर्किदा किनमेल पनि हुने जस्तो हुने गरेको छ।भारतीय बजारमा सामान सस्तो हुने भएकाले नेपाली उपभोक्ता भारतीय बजारमा जानु अस्वाभाविक हुँदैन् ।समान्य उदाहरण हेरे यसको पुष्टि भइहाल्छ । काठमाडौँ लगायतका नेपालका शहरी क्षेत्रमा चिनीको मूल्य ११५ रुपैयाँ प्रतिकिलोमा पाइरहेका बेला  भारतीय बजारमा ६५/७० रुपैयाँको दरले नै चिनी पाइन्छ ।  झन् बोरा लिए त्यो भन्दा सस्तोमा पाइन्छ । नेपाली उपभोक्ताहरूको भारतीय बजारबाट किनमेल हुँदा  सरकारको राजस्व गुमिरहेको मात्रै नभइ पसल थापेर व्यापार गरिरहेकाहरूको व्यापार ठप्प हुँदै गइरहेको जनकपुरका एक व्यापारी बताउँछन् ।

    भन्सार तिरेर ल्याइएको सामान महँगो हुने हुँदा सर्वसाधारणले भारतीय बजारमा जाने गरेको ती व्यापारीले बताए ।यसको लागि नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको ती व्यापारीले बताए । व्यापारीहरूले यसको उपायको रूपमा बहुभ्याट दर लागु गर्न भनिरहेका छन् । सरकारले यसलाई बेवास्ता गर्दै आएको छ ।हुन त यो अवस्था रोक्न सरकारले झोलामा सामान ल्याउँदा कर तिर्नुपर्ने व्यवस्था गरेको छ तर त्यो  लागू हुन सकिरहेको छैन । त्यसैले यस्तो समस्यालाई सम्बोधन गर्न सरकारले कठोर भएर नीतिगत सुधार गर्नु जरुरी भएको ती व्यापारीले बताए । 

    मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर लागू गर्न गरिएको मागलाई सरकारी तहमा व्यापारीहरूले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बुझाइ रहेको छ ।सरकारी तहमा रहेको यो बुझाइ गलत रहेको छ । भारतीय बजारबाट यसरी किनेर ल्याइने सामानमा भन्सार नलिए कम्तीमा भ्याटसम्म लिन लगाइए नेपाली बजार र भारतीय बजारबीचको अन्तरमा केही कमी हुने उनीहरूको भनाइ रहेको छ । दुबै बजारमा मालवस्तुको भाउमा ठुलो अन्तर हुँदा र सीमा नाकामा कुनै किसिमको कर नलाग्नुले एकतर्फी भारतीय व्यापारीहरूलाई फाइदा भइरहेको छ । भारतीय सीमाक्षेत्रका बजारहरू विस्तार भइरहेका छन् । सरकारको बेवास्ताले आफ्नो घर अँध्यारो पारी अरुको घर उज्ज्यालो पार्ने काम भइरहेको ती व्यापारीले बताए ।

    सीतामढी जिल्ला सुरसण्डका एक व्यापारीले पनि यस्तै प्रतिक्रिया दिए । हाम्रा पसलहरू नेपाली  उपभोक्ताहरूबाट चलेका छन् । हामी कहाँ सिन्धुलीसम्मका उपभोक्ताहरू आउने गरेका छन् । कतिपय नेपाली उपभोक्ताले टेलिफोनबाट मालसामान खरिद गर्न आउन लागेको बताउने गरेको पनि उनले बताए ।जनकपुरका ती व्यापारीले भने ‘अहिले भारतीय बजारमा ठेलमठेल छ भने नेपाली बजार ठण्डाराम ’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij