Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

तीस लाख बराबरको मालवस्तुसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा पर्सा प्रहरीद्वारा बुझाइयो


नया सडक

२०८१, कात्तिक १ बिहीबार

  • 333
    Shares

  • तीस लाख बराबरको मालवस्तुसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा पर्सा प्रहरीद्वारा बुझाइयो

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले ३० लाख बराबरको खाद्यान्नसहित मालवस्तु लोड गरिएको ट्रक थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको छ । असोज ३० गते राति साढे बाह्रबजे तिर जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको एक टोलीले वीरगञ्ज महानगरपालिका वडा न १४स्थित गण्डक चोकमा ना ३ ख ५८३३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको ट्रकलाई बुझाइएको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा बिलबीजक भन्दा बढी मालवस्तु उक्त ट्रकमा रहेको पाइएकोले नियन्त्रणमा लिइएको जनाएको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उक्त ट्रकमा अन्दाजी ३० लाख भन्दा बढीको मालवस्तु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस