Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

रसुवा नाकाबाट मालवस्तु आउन अझै कम्तीमा पन्ध्र दिन लाग्ने, समस्यामा व्यापारी, चिनियाँ मालवस्तुको मूल्य बढ्ने

रसुवा नाकाबाट मालवस्तु आउन अझै कम्तीमा पन्ध्र दिन लाग्ने, समस्यामा व्यापारी, चिनियाँ मालवस्तुको मूल्य बढ्ने

  • काठमाडौँ । तीन दिन लगातार परेको वर्षापछि आएको बाढी पहिरोले सडक क्षतिग्रस्त हुँदा रसुवा भन्सार नाकाबाट मालवस्तु अझ कम्तीमा १५ दिन लाग्ने भएको छ । गत असोज ११, १२ र १३ गते लगातार परेको वर्षापछि आएको बाढी र पहिरोले चीनतर्फको रसुवा नाका जोड्ने राजमार्ग क्षतिविक्षत हुँदा उक्त सडक सञ्चालन गर्न कम्तीमा अझ १५ दिन लाग्ने चिनियाँ पक्षले बताएको छ ।

    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले चीनतर्फको बाटो खुलाउन चिनियाँ पक्षसँग निरन्तर संवाद भइरहेको बताउँदै संवादमा बाटो खुलाउन निरन्तर काम भइरहेको चिनियाँ पक्षले बताएको बताइन् ।प्रवक्तासमेतको जिम्मेवारी रहेकी अधिकारीले चिनियाँ पक्षले सडक खुलाउन तीव्र काम भइरहेको र  अबको कम्तीमा १५ दिनमा सञ्चालन हुने जानकारी प्राप्त भएको बताइन् ।

    यस्तै नेपाल हिमालयन सीमापार व्यापार संघका महासचिव रामचन्द्र पराजुलीले  नेपालतर्फको बाटो  सुचारु भएको तर चीनतर्फको सडक बनाउन कम्तीमा १५ दिन लाग्ने स्थानीयले बताएको नयाँ सडकसँगको कुराकानीमा बताए ।महासचिव पराजुलीले  एक्कैपटक चीनसँग जोडिएका सर्वाधिक महत्वपूर्ण दुई नाका रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चीनतर्फबाट मालवस्तु आउन बन्द हुँदा नेपालमा चिनियाँ उत्पादित उपभोग्यवस्तुको मूल्य वृद्धि हुने बताए । साथै पराजुलीले  लामोसमय सडक बन्दहुँदा  चीनतर्फबाट आयात गर्ने व्यापारीहरू मर्कामा परेको र चीनतर्फ निर्यात गर्ने व्यापारीहरू समेत समस्यामा परेको बताए ।

    यता सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष एवं व्यवसायी बुद्धराज बस्नेतले तातोपानी नाकाहुँदै आउने नेपालतर्फको सडकका दुईओटा पुल लार्चा र लिपिङ खोलाको पुल र केही ठाउँको सडक मर्मत पछि आयात निर्यात सुचारु हुने बताए ।उनका अनुसार उक्त पुल र सडक बनाउन सरकारले तदारुकताका साथ काम गरे एक हप्तामै सडक सञ्चालन हुने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij