Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

गहुँ अभाव भएपछि भारतबाट दुई लाख मेट्रिक टन भन्दा बढी गहुँ आयात गरिँदै

गहुँ अभाव भएपछि भारतबाट दुई लाख मेट्रिक टन भन्दा बढी गहुँ आयात गरिँदै

  • काठमाडौँ । सरकारले भारतबाट २ लाख मेट्रिक टन भन्दा बढी गहुँ आयात गर्न  पहल  गरेको छ ।मैदा उद्योगहरूको कच्चा पदार्थको रूपमा रहेको  गहुँको अभाव देखिन थालेपछि  सरकारले दुई मेट्रिक टन भन्दा बढी गहुँ आयात गर्न पहल शुरु गरेको हो ।खासगरी मैदा उद्योगीहरूको मागलाई सम्बोधन गर्दै  सरकारले दुई लाख मेट्रिक टन भन्दा बढी गहुँ आयातको अनुमति दिन लागेको  छ ।नेपाली बजारमा गहुँको  अभाव हुँदा नेपालका मैदा मिलहरूले उत्पादन घटाएका थिए ।गहुँको अभावमा उत्पादन घटाएका मैदा उद्योगहरूले  विगत देखि नै गहुँको आयात अनुमतिका लागि सरकारसँग पहल गरिरहेका थिए ।

    मैदा मिल उद्योगहरूले उत्पादन घटाउँदा नेपाली बजारमा मैदाको मूल्य बढ्नुका साथै भारतीय बजारबाट गहुँ र मैदा चोरी तस्करी भएर नेपाली बजारमा आइरहेको थियो ।
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार  गहुँ आयातका लागि भारत सरकारसँग कुरा भइरहेको  बताइएको छ । भारत सरकारले गहुँ आयातसम्बन्धी नेपालको प्रस्तावलाई सकारात्मकरूपमा लिएको र सम्भवतः यसै महिनाको अन्त्यसम्म आयात गरिने मन्त्रालय स्रोतले नयाँ सडकलाई बताएको छ ।
     
    मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादक लगायतका व्यवसायीहरूलाई ठुलो मात्रामा गहुँको आवश्यकता हुने गर्छ । उनीहरूलाई गहुँ महँगोमा किन्नुपरे उनीहरूबाट उत्पादन गरिने पिठो र मैदालगायतको वस्तुको मूल्य बढ्न सक्ने देखेर सरकारले यस्तो पहल गरिरहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।मैदा उत्पादन गर्ने व्यवसायीहरूले गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् । व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयको आग्रह छ । बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएको पाइए सम्बन्धितलाई सोही अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij