Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

तीन अर्ब ५८ करोड राजस्व सङ्कलन


नया सडक

२०८१, कात्तिक ४ आइतबार

  • 282
    Shares

  • तीन अर्ब ५८ करोड राजस्व सङ्कलन

    भद्रपुर । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।

    चालु आव २०८१र८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन  गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो । आव २०८०र८१ को सोही अवधिमा रु तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा रु १९  करोड १७ लाख ४१ हजारले बढी हो ।

    आव २०८०र८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१र८२ मा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।

    प्रतिक्रिया दिनुहोस