Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

दुई वर्षदेखि निर्यात अनुदान नपाएको उद्योगीहरूको गुनासो

दुई वर्षदेखि निर्यात अनुदान नपाएको उद्योगीहरूको गुनासो

  • काठमाडौँ । सरकार आफैले गरेको निर्यात अनुदान स्वदेशी उद्योगहरूलाई दिन नसकेको गुनासो गरिएको छ । सरकारले स्वदेशी उद्योगलाई निर्यात अनुदान घोषणा गरेको दुई वर्ष भएपनि त्यो कार्यान्वयन नआएको हो ।
    फेडेरेसन अफ नेपाल एक्सपोर्टर्स एसोसिएशनका अनुसार २ वर्षको साढे ३ अर्बभन्दा बढी अनुदान वितरण त परको कुरो कार्यविधिसम्म नबनेको हो ।उद्योगीहरूले दुई वर्षदेखि साढे ३ अर्बभन्दा बढी रकम नपाएका हुन् । सरकारलाई बुझाउनुपर्ने कर, भ्याट सबै बुझाएको भएपनि उद्योगीले पाउने पैसा रोकिँदा कर्मचारीलाई तलब खुवाउन समस्या भएको कतिपय उद्योगीहरूको भनाइ छ ।

    निर्यात अनुदान वितरणमा ढिलाइ बारे  उद्योगीहरूले असोज २९ मा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर गुनासो गरेका थिए ।अर्थमन्त्री पौडेलले बजेट निमार्णका क्रममा निर्यात अनुदान कम विनियोजन भएको बताउँदै छिट्टै अनुदान व्यवस्थापन गर्ने विश्वास दिलाएका थिए ।निर्यात अनुदान सुविधा लिन कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरिएको हुनुपर्छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij