Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images
रसुवा र तातोपानीको बाटो खुल्न अझ केही दिन लाग्ने

चीनतर्फको मालवस्तु आउने रसुवाको बाटो खुल्नअझै एक हप्ता लाग्ने,  तातोपानीतर्फको  बाटो ७ गते बुधबारबाट सुचारु हुने


नया सडक

२०८१, कात्तिक ५ सोमबार

  • 711
    Shares

  • चीनतर्फको मालवस्तु आउने रसुवाको बाटो खुल्नअझै एक हप्ता लाग्ने,  तातोपानीतर्फको  बाटो ७ गते बुधबारबाट सुचारु हुने

    काठमाडौँ । छिमेकी मुलुक चीततर्फबाट ठुलो मात्रामा मालवस्तु आयात हुने बाटो अझै खुल्न सकेको छैन् । सरोकारवाला निकायका अनुसार रसुवा तर्फको बाटो सुचारु हुन एक हप्ता  र तातोपानीतर्फ बाटो ७ गते बुधबारबाट सुचारु हुन लागेको हो ।असोज ११ , १२ र १३ गते परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट रसुवा नाकाको चीनतर्फको १० किलोमिटर बाटो क्षतिग्रस्त भएको थियो । यस्तै तातोपानी नाकातर्फ जाने नेपालतर्फको बाटो बाढी पहिरोबाट क्षतिग्रस्त भएको थियो ।

    जिल्ला प्रशासन कार्याल रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षसँग निरन्तर सम्पर्क र संवादमा रही अवरुद्ध बाटो खुलाउन पहल भइरहेको बताउँदै कातिक १२ गते (अक्टोबर २८ ) वा अक्टोबर भरिमा बाटो खुल्ने बताए ।यस्तै सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार बाटो पुनर्निर्माणको काम तीव्ररुपमा भएको र सरोकारवाला नियकाहरूसँग समन्वय गरी सम्भवतः कातिक ७ गते बुधबारबाट बाटो सुचारु हुनेछ । 

    नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले कम्तीमा एक साता पछि रसुवा भन्सार नाकाबाट मालवस्तु आउने स्थिति बन्न सक्ने बताए । अध्यक्ष कार्कीले खासाका चिनियाँ अधिकारीहरूले दिएको जानकारीको हवाला दिँदै भने जस्तो भए अक्टोबर २८ देखि रसुवा भन्सार नाका खुल्न सक्ने बताए ।

    रसुवाको बाटो खुलेन भने व्यापारीहरूको समस्या झन बढ्ने अध्यक्ष कार्कीले बताए । उनका अनुसार कम्तीमा ७ सय गाडी चिनियाँ भन्सार नाकामा  रोकिरहेका छन् । फर्काएर तातोपानीबाट ल्याउन खोजिए पनि यो बाटोमा दिनको १० भन्दा बढी गाडी जान दिइएको छैन् । ती गाडी फर्काउन महिनाको तीनसयका दरले अढाइ महिना लाग्नेछ । त्यो पनि चिनियाँ अधिकारीहरूले फर्काउन दिने नदिने कुरो हुन्छ । त्यसका लागि छुट्टै अनुमति चाहिने छ ।त्यसैले रसुवा भन्सार नाकाबाट मालवाहक गाडी ल्याउने गरी बाटो बनाउन चीनसँग कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ । 

    अध्यक्ष कार्कीका अनुसार क्षतिको आकलन गर्न गाह्रो छ तर पनि रसुवा भन्सारबाट ल्याउन लागिएको फलफूल कुहिएर मात्रै २० करोड बढीको नोक्सान भएको छ ।चीनबाट आउन लागेको जाडोको लुगाफाटालगायतका सामानहरूको मूल्यको अवस्था के हुने भनी सोधिएको प्रश्नको जवाफमा अध्यक्ष कार्कीले यसका लागि लागत समायोजन गर्न भरमग्दुर प्रयास गरिरहेको बताए । तरपनि केही न केही मूल्य वृद्धि हुन सक्ने उनले बताए । 

    बाटो खुलाउन ढिलाइ भएकाले कुहिएर जाने मालवस्तु कुहिएर , नकुहिने मालवस्तुको लागत वृद्धि भई उद्योगी ÷व्यापारीहरूलाई नोक्सानी हुने र त्यसको वस्तु र सेवाको उपभोगमा हुने वृद्धिबाट उपभोक्ता मर्कामा पर्ने भएका छन् । रसुवा भन्सार चीनको सीमासँग जोडिएको नाका हो । चीनसँग  सरकारले  गर्नुपर्र्नेे कूटनीतिक पहल नपुगेकाले रसुवा भन्सार नाकाको चीन तर्फको बाटो सञ्चालनमा आउन ढिलाइ भएको व्यापारीहरू बताउँछन् । 

    रसुवा नाकाको चीन तर्फका कम्तीमा १० किलो मिटर बाटो बगाएर क्षति बनाएको छ । चीनतर्फको बाटो बनाइ यातायात सञ्चालन गराउने काममा सक्रिय हुनुपर्ने कूटनीतिक पहल सरकारले गराउन नसकेको देखिएको सम्बद्ध स्रोतले जनाएको छ ।रसुवा हुँदै आउने चीन तर्फको बाटोमा  कम्तीमा ७ सय गाडी रोकिएर रहेका छन् ।। त्यसै व्यापारीहरूलाई ठुलो नोक्सानी भइसकेको छ । जति ढिला हुन्छ त्यति नोक्सानी भइरहने व्यापारी अगुवाहरूले बताएका छन् ।

    मुख्यतः चाडवाडलाई लक्षित गरी सामान आयात गरेका व्यापारीहरू समयमै सामान नआउँदा ठुलो समस्यामा परेका छन् । व्यापारीहरूलाई सामान नआउने मात्र हैन ठुलो नोक्सानी पनि भएको छ । चिनियाँ बजारबाट खरिद गरी नेपाल तर्फ ल्याउँदै गरिएको सयौँ कन्टेनर सामान बाटोमा अलपत्र अवस्थामा रहेको छ । व्यापारीहरू बाटो खुल्ने आसमा लोड गरिएका कन्टेनरहरू अन्यत्र लाने विकल्पमा पनि छैनन् । मुख्यतः तिहार र छठलाई लक्षित गरी व्यापारीहरूले लोड गराएका बिजुलीका सामान, ड्राइ फ्रुट्स, फलफूल तथा लत्ताकपडा तथा कपडाजन्य वस्तुहरूका व्यापारीहरूले ठुलो नोक्सानी बेहोर्नु परेको छ ।  

    प्रतिक्रिया दिनुहोस