Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

सरकारले यो दशैँमा प्रति चिनियाँ बाख्राबाट औसत १०१५ रुपैयाँ भन्सार राजस्व पायो ,गत आवको तुलनामा करिब २० रुपैया घटी

सरकारले यो दशैँमा प्रति चिनियाँ बाख्राबाट औसत १०१५ रुपैयाँ भन्सार राजस्व पायो ,गत आवको तुलनामा करिब २० रुपैया घटी

  • काठमाडौँ । सरकारले यो दशैँमा प्रति चिनियाँ बाख्राबाट औसत १०१५ रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा करिब २० रुपैयाले घटी हो ।राजस्व अनुसन्धान विभागले सार्वजनिक गरेको असोज महिनासम्मको वैदेशिक व्यापारसम्बन्धी प्रतिवेदनमा यस्तो जनाएको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२को पहिलो तीन महिना मध्ये असोजमा मात्र २सय जीवित बाख्रा चीनबाट आयात गरिएको छ । साउन भदौमा चिनियाँ जीवित बाख्रा आयात नगरिएको विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।चालु आवको असोजमा आयात गरिएको २ सय जीवित बाख्राको भन्सार आयात मूल्य २०लाख २०हजार तोकिएको छ । सोही मूल्यको आधारमा भन्सार आयात राजस्व २ लाख ३ हजार असुल गरिएको विभागले जनाएको छ ।

    विभागको प्रतिवेदन अनुसार गत आवको असोजसम्मको प्रतिवेदनमा ६सय ६५ जीवित बाख्रा चीनबाट आयात गरिएको थियो । त्यसको भन्सार आयात राजस्व ६ लाख ८८ हजार असुल गरिएको जनाइएको छ । ६६ लाख ५८हजार भन्सार आयात मूल्य तोकिएको जनाइएको छ ।गत आवमा कुल ९९५ जीवित बाख्राको आयात गरिएको थियो ।  जसअनुसार भन्सार आयात राजस्व १० लाख २७ हजार असुल भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij