Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

चुच्चे नक्सा अंकित गरी सय दरको नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिइयो

चुच्चे नक्सा अंकित गरी सय दरको नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिइयो

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट  चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ सय दरको नोट छाप्न लागिएको हो ।गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर  ७ जेठ २०७७ मा संविधान संशोधन गरी नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने देखिएको थियो ।

    नेपाल राष्ट्र बैंक ऐन अनुसार नोट छपाइ डिजाइन नेपाल राष्ट्र बैंकले नै गरी आएको भएपनि नोटको डिजाइन र साइज परिवर्तन गर्नुपर्ने भए नेपाल सरकारको स्वीकृत आवश्यक हुन्छ । सोही प्रावधान अनुसार नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा चुच्चे नक्सा अंकित गर्ने गरी १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्त गर्ने गरी स्वीकृति दिएको थियो ।चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनले  अब डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गरी नेपाल राष्ट्र बैंकलाई दिने जिम्मा पाएको छ  । आइतबार एक सूचना प्रकाशित गरी  नोट छाप्ने टेन्डर प्राप्त उक्त कम्पनीले प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । ग्लोबल टेन्डरमा चिनियाँ कम्पनीले ठेक्का प्राप्त गरेपछि कम्पनीसँग आशयपत्र माग गरिएको छ ।

    १०० दरको ३० करोड थान नोटको  डिजाइन, छपाइ, सप्लाई र डेलिभरी गर्न केन्द्रीय बैंकले कम्पनीसँग आशयपत्र मागेको हो ।८९ लाख ९६ हजार ५९२ अमेरिकी डलरमा उक्त नोट छापिने भएको छ । हालको विनियम दर अनुसार १३४ रुपैयाँ ८४ पैसा अनुसार १ अर्ब २१ करोड ३१ लाख ४६५ रुपैयाँ पर्न आउँछ । यस अनुसार १०० रुपैयाँ दरको १ एउटा नोट छाप्ने ४ रुपैयाँ ०४ पैसा लागत पर्न आउने आकलन गरिएको छ ।

    nrb china.png

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij