Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

सूचीकृत भए / नभएका कम्पनीहरूको संस्थापक शेयर खरिद बिक्री प्लेटफर्म सञ्चालनमा

सूचीकृत भए / नभएका कम्पनीहरूको संस्थापक शेयर खरिद बिक्री प्लेटफर्म सञ्चालनमा

  • काठमाडौँ । धितोपत्रको दोस्रो  बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर सहज रुपमा खरिद बिक्री गर्न सक्ने एक प्लेटफर्म सञ्चालनमा आएको छ । एन आई सी एशिया क्यापिटलले अफर फर सेल (ओएफएस) प्लेटफर्म सञ्चालनमा ल्याएकोको हो । दोस्रो बजारमा सूचीकृत भएका तथा सूचीकृत नभएका कम्पनीहरुको संस्थापक शेयरधनीहरुको शेयर प्रचलित कानून बमोजिम खरिद बिक्री गराइदिने सेवा क्यापिटलले दिई  आइरहेको छ । यो सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचीकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न धेरै किसिमका कानूनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्थालाई सहज गर्न यस्तो प्लेटफर्म सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ ।

    सूचीकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको शेयर समेत कारोवर गर्न धेरै प्रक्रिया पूरा गर्नुपर्ने विद्यमान व्यवस्थालाई पनि क्यापिटलले उक्त प्लेटफर्मबाट शेयर किनबेच गराउने जनाएको छ । लगानीकर्ताहरुले चाहेको समयमा संस्थापक शेयरको खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट पटक पटक आउने गरेकाले संस्थापक शेयर खरिद बिक्रीको लागि वान स्टप सोलुसनको रुपमा ओएफएस प्लेटफर्म सञ्चालनमा ल्याइएको क्यापिटलले  जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई उक्त प्लेटफर्मले अनलाईन मार्फत आफुले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपुर्वक क्यापिटलको वेभसाईट मार्फत उपलब्ध गराउनु पर्ने छ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजी प्रचलित नियम कानुन अनुसार शेयर नामसारी सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।

    उक्त प्लेटफर्ममार्फत सहज बिक्री प्रकृयाका आधारमा अनलाइन प्लेटफर्ममा शेयर विबरण भरेपछि क्यापिटलले खरिदकर्ता खोज्नेछ । कुनै पनि कम्पनीको संस्थापक समूहको शेयर खरिद गर्न चाहनेहरुले पनि प्लेटफर्ममा शेयर विवरण भरेपछि क्यापिटलले बिक्रीकर्ता खाज्ने जनाएको छ । लगानीकर्ताहरुको विबरण सुरक्षित राख्नुका साथै गोपनीयता कायम रहने क्यापिटलले विश्वास दिलाएको छ ।कम्पनीको भ्यालुएसन गरेर संस्थापक समूहको शेयरको खरिद तथा बिक्री गर्नका लागि उचित प्रति शेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने क्यापिटलको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij