Logo

Oct 30 2024 | २०८१, कात्तिक १४गते

images

विपद सामना गर्न विश्व बैंकले २० अर्ब ऋण सहयोग दिने


नया सडक

२०८१, कात्तिक १३ मंगलबार

  • 273
    Shares

  • विपद सामना गर्न विश्व बैंकले २० अर्ब ऋण सहयोग दिने

    काठमाडौँ ।  विश्व बैंकले विपद् सामना गर्न नेपाललाई २० अर्ब रुपैयाँ ऋण सहयोग दिने भएको छ । यस सम्बन्धमा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको हो  । सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ सचिव रामप्रसाद घिमिरे र विश्व बैंकको तर्फबाट नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले हस्ताक्षर गरेका हुन् । प्राकृतिक तथा जलवायुजन्य जोखिम सामना गर्न रकम उपलब्ध गराउने कोषअन्तर्गत विश्व बैंकले नेपाललाई करिब २० अर्ब रूपैयाँ (१५ करोड अमेरिकी डलर) ऋण सहयोग दिने सम्झौता गरेको छ ।

    यो सहयोगले नेपाललाई संकटको समयका लागि तयारीमा रहन, समाधान खोज्न र संकट आएमा तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्ने अर्थसचिव घिमिरेले विश्वास व्यक्त गरे । नेपालले प्राकृतिक मौसम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको सामना गर्न परिरहेको हालै आएको बाढीले देखाएको नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक सिस्लिनले भनेका छन् । नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्वास्थ्य क्षेत्रमा आकस्मिकता आउनेवित्तिकै लिन सक्ने उनले बताए ।

    प्राकृतिक प्रभाव, अन्तर्राष्ट्रिय समुदायको गतिविधिको कारणले जलवायु परिवर्तनबाट निम्तिएको जोखिम, शिक्षा, स्वास्थ्य क्षेत्रमा आउने आपतकालीन अवस्थामा विश्व बैंकले सहुलियत प्रकारको उक्त ऋण दिने गर्छ । सोही क्रममा विश्व बैंकले नेपाललाई पनि उक्त ऋण दिन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस