Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

चिलिमे त्रिशुली २२० केभी प्रसारण लाइन सञ्चालनबाट १२०० मेगावाट विजुली उत्पादन क्षमता अभिवृद्धि

चिलिमे त्रिशुली २२० केभी प्रसारण लाइन सञ्चालनबाट १२०० मेगावाट विजुली उत्पादन क्षमता अभिवृद्धि

  • काठमाडौंँ । चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि १२०० मेगावाट विद्युत् उत्पादन क्षमता अभिवृद्धि भएको छ ।रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीस्थित त्रिशुली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ सात बजेबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

    चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरियो । उक्त सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२÷३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् ।आयोजनाअन्तर्गतकै त्रिशुली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा रहेको थियो । त्रिशुली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोडिने गरी निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्नेछ ।

    नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदानमा अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँमा   चिलिमे–त्रिशूली आयोजनामा बनेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (ईआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् जुनसुकै बेला जोडिन सकिने जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij