Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

पर्सा प्रहरीले साढे ३७ लाख बढीको मालवस्तु लोड भएको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

पर्सा प्रहरीले साढे ३७ लाख बढीको मालवस्तु लोड भएको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

  • काठमाडौँ । पर्सा प्रहरीले साढे ३७ लाख बढीको मालवस्तु लोड गरिएको ट्रक समेत थप अनुसन्धानका लागि बुझाएको छ ।कार्तिक २६ गते राती करिब ११ बजेरतिर वीरगञ्ज महानगरपालिका वडा न ८ घन्टाघर चोकबाट ना ५ ख ६७४७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

    pp nov12.png

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले बिल बीजक भन्दा बढी खुद्रा मालवस्तु लोड गरेको पाइएपछि खटिएको प्रहरी टोलीले उक्त ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताएका छन् ।उक्त ट्रकमा लोड गरिएको मालवस्तुको अन्दाजी मूल्यांकन ८७ लाख ५२ हजार ८ सय ८६ रुपैयाँ आकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij