Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई पुरानै बिल पठाएको कुलमानद्वारा जानकारी सार्वजनिक

नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई पुरानै बिल पठाएको कुलमानद्वारा जानकारी सार्वजनिक

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले फेरि पुरानो बिल ठीक भएको दाबी गरेका छन् ।उद्योगीहरूलाई नयाँ गणना नगरी पहिलेकै बिल पठाइएको बताउँदै उनले यस्तो बताएका हुन् ।बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यसअघि मन्त्रिपरिषद् बैठकले आइतबार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने प्रष्ट पारे ।

    nea14b.jpeg

    उनका अनुसार प्राधिकरणको  बिल ठीक छ  । र, फेरि पनि १५ दिनभित्र भुक्तानीका लागि त्यही बिल पठाइएको छ । त्यही बिलअनुसारको बक्यौता उद्योगीहरूले तिर्नुपर्ने उनले बताए ।मन्त्रिपरिषद्को निर्णयपछि पनि प्राधिकरणले टीओडी डाटाअनुसारको बिल भन्दै पुरानै बक्यौता रकम असुलीका लागि उद्योगहरूमा पत्र पठाएको थियो । त्यो सही नै भएकाले त्यसमा कुनै संशोधन गर्नु नपर्ने उनले जनाए ।

    nea14a.jpeg

    त्यही बिल ठीक छ भनेर अदालत, संसद्को लेखा समिति तथा विद्युत् नियमन आयोग लगायतले भनेको छ ।  ठीक छैन भनेर अदालतमा हालेका मुद्दा खारेज भएको छ । हालै मात्रै हिमाल आइरनको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।विद्युत् नियमन आयोगले एक किस्ता नबुझाएसम्म लाइन नजोड्नुस् भनेर निर्देशन दिएको पनि उनले जनाए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij