Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

नेपाल धितोपत्र बोर्ड अध्यक्षको अवरुद्ध छनौट प्रक्रिया फेरि शुरु, अन्तर्वार्तामा अनुपस्थित भएकाहरूलाई फेरि बोलाइयो

नेपाल धितोपत्र बोर्ड अध्यक्षको अवरुद्ध छनौट प्रक्रिया फेरि शुरु, अन्तर्वार्तामा अनुपस्थित भएकाहरूलाई फेरि बोलाइयो

  • काठमाडौैँ । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षको छनौट प्रक्रिया अन्तर्गत सर्टलिस्टमा परेका पाँच मध्ये बाँकी तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ ।छनौट प्रक्रियामा परेका तीन जना शुरुको अन्तर्वार्तामा अनुपस्थित हुँदा अवरुद्ध प्रक्रियालाई फेरि अगाडि बढाइएको हो ।यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । अब  मंसिर ९ गते बिहान ८ बजेका लागि फेरि बोलाइएको छ ।

    सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुन नसकेपछि तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई बोलाइएको हो ।एक सार्वजनिक सूचना जारी गर्दै गठित सिफारिस समितिले तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको हो ।दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् ।धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।

    यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । ऐनअनुसार सर्टलिस्टमा परेका पाँचमध्ये कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने भएकोले प्रक्रिया अवरुद्ध भएको थियो ।नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो ।

    सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया शुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया शुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेको छ ।यद्यपि पुरानै प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्तिका लागि बाटो खुला रहेपछि सरकारले तीन जनालाई अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गर्न बोलाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij