Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

बंगलादेश बिजुली निर्यातको शुभारम्भ नोभेम्बर १५का दिन गरिँदै


नया सडक

२०८१, कात्तिक २९ बिहीबार

  • 399
    Shares

  • बंगलादेश बिजुली निर्यातको शुभारम्भ नोभेम्बर १५का दिन गरिँदै

    काठमाडौँ । शुक्रबार  नोभेम्बर १५का दिनदेखि नेपालबाट बंगलादेश बिजुली निर्यात हुने भएको छ ।नेपालबाट ४० मेगावाट विद्युत निर्यातको तीन देशका ऊर्जामन्त्रीहरूले भर्चुअलरूपमा उद्घाटन संयुक्तरूपमा गर्ने भएका छन् । नोभेम्बर १५ राति १२ बजेसम्म नेपालबाट  बंगलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बंगलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुने कार्यक्रम रहेको छ । 

    नेपाल, भारत र बंगलादेशबीच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुने भएपनि नोभेम्बर १५मा निर्यात भएपछि यो वर्ष सन् २०२४ मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात शुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस