Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

आन्तरिक राजस्व विभागका कर्मचारीहरूमा सरुवा आतंक,कसैलाई आफूखुशी कसैको बिन्ती अनदेखा

आन्तरिक राजस्व विभागका कर्मचारीहरूमा सरुवा आतंक,कसैलाई आफूखुशी कसैको बिन्ती अनदेखा

  • काठमाडौँ । आन्तरिक राजस्व विभागका कर्मचारीहरूमा  सरुवा आतंक बढेको  छ । कसैलाई मनखुशी र कसैलाई माग्दा पनि बेवास्ता गरी सरुवा गरिएकोले आम कर्मचारीहरूमा  सरुवा आतंकको मनोभाव बढ्दै गएको छ ।सरुवामा मोलभाव र मोलमोलाहिजाको संस्कारले गर्दा पावर पहुँच र पर्यत्नमा कमजोर हुनेहरूको बिचल्ली हुने गरेको असन्तुष्ट कर्मचारीहरू बताउँछन् ।असन्तुष्टहरूको आरोपलाई उच्च पदस्थ जिम्मेवारहरूले सबैलाई खुशी तुल्याउन नसकिने र महिलालाई उपत्यका बाहिर पठाउन नसकिने जवाफ फर्काउने गरेका छन् ।पावर, पहुँच र पर्यत्नका आधारमा रोजी छानी आफूखुशी सरुवा पाएकाहरू मोज गरिरहेका छन् भने असन्तुष्ट कर्मचारीहरुले सरुवाको निर्णय संशोधनका निवेदन आन्तरिक राजस्व विभागमा बुझाएका छन् ।

    पछिल्लोपटक ३१ भदौमा गरिएको अधिकृतहरुको सरुवा विवादित भएको बेला स्थापित विधि, अभ्यास र प्रचलन मिचेर जथाभावी जिम्मेवारी तोकिएको आरोप विभागको नेतृत्व तहमा भएकाहरुमाथि लागेको थियो । विवादित सरुवा संशोधनका नाममा अहिले फेरि गलत अभ्यास गरिएको आरोप विभाग नेतृत्वलाई त्यहाँ दर्ता गरिएको संशोधनका निवेदनहरूले पुष्टि गरिरहेको छ ।विभागले शुरुमै अन्याय हुने गरी भएका सरुवाको निर्णयमा असन्तुष्टि जनाउनेहरुलाई २४ देखि ४८ घण्टाभित्र रमाना लिएर हाजिर हुन र त्यसपछि प्राप्त हुने गुनासोका आधारमा सरुवा संशोधन गर्ने आश्वासन दिएको कर्मचारीहरू बताउँछन् । 

    अहिले विभागमा सरुवा गुनासो सम्बोधनका नाममा फेरि मेचमुनि शुरु गरिएको छ । मेचमुनि कर्मचारीहरू माझ कुरो मिलाउन बुभाइने नजरानाको उपनाम हो । विभागका महानिर्देशक रामप्रसाद आचार्यले सरुवाको सूची तयार गर्ने र सरुवा संशोधनका  लागि वातावरण बनाउने जिम्मा उपमहानिर्देशक सेवन्तक पोखरेललाई दिएको बताउँछन्  भने पोखरेलले सबैलाई सन्तुष्ट गराउन नसकिने र महिलालाई उपत्यका बाहिर पठाउन नसकिने जवाफ फर्काइ पन्छिने गरिरहेका छन् ।विधि र प्रक्रिया बनाएर सरुवा गरिने गरिएको र गर्ने भनिएपनि त्यसो हुन नसकेको असन्तुष्टहरू बताउँछन् ।

    कोही कर्मचारीले रोजी–छानी सरुवा पाउँछन्  भने कोहीले सरुवा संशोधन माग्दा बेवास्ता गरिन्छ । सरुवा संशोधन दिनेहरू मध्ये एकले  आन्तरिक राजस्व कार्यालय कलंकीमा कार्यरत एक कर्मचारी चाबहिलमा सरुवा हुँदा पनि उनले आन्तरिक राजस्व कार्यालय ललितपुर–२ मा काम गर्ने गरी सरुवा संशोधन गराउन सफल भएको बताए । कलंकीबाट उपत्यकाबाहिर सरुवा भएका केहीले संशोधन माग्दा भने विभाग धाइरहेका छन् ।

    १६ करोडको कर फाइलमा गलत विश्लेषण गरेको  एक कर अधिकृत कलंकीबाट जुम्लामा सरुवा गरिए भएभने सोही फाइलमा हस्ताक्षर गर्ने त्यही थपना भएर बसेको उनले बताए ।अहिले आन्तरिक राजस्व कार्यालय कालिमाटीबाट चाबहिलस्थित कार्यालयमा सरुवा भएकाहरु संशोधन गराएर कलंकीमा सरुवा भएर आएका छन् । १५–२० मिनेटको दुरीमा रहेका कार्यालयहरु समेत कुनै अधिकृतका लागि अपायक पर्ने कारण खुलाउन उच्च पदस्थ अधिकारी नाजवाफ हुन्छन् ।आन्तरिक राजस्व विभाग कार्यालय आफैमा मालदार निकाय हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij