Logo

Nov 21 2024 | २०८१, मंसिर ६गते

images

टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक


२०८१, मंसिर ६ बिहीबार

  • 204
    Shares

  • टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक

    काठमाडौँ । नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको छ।  यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टीभीएस  आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् ।नयाँ भेरिएन्टको लम्बसँगै टीभीएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य रु. २,९९,९०० रहेको छ । यसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको छ।

    कम्पनीका अनुसार टीभीएस  आईक्युब ३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित छ । पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता प्राप्त हुने विश्वास गरिएको छ  । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसनहरु रहेका छन्। पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ ।  प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।

    उक्त लन्च कार्यक्रममा टीभीएस मोटर कम्पनीका ईभी इन्टरनेशनल विजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले नेपालमा टीभीएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको बताएका छन् । उनका अनुसार ग्राहकहरूले केबल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसकेका छन् । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टीभइएस आईक्युब ब्रान्डलाई रोजेका छन् । यसले उत्कृष्ट ईभी अनुभवप्रतिको कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा ग्राहकलाई प्रदान गर्ने उनका भनाइ छ ।

    जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस आईक्युबको बारेमा जनाए अनुसार टीभीएस आईक्युबसँगको गत एक वर्षको साथ सफल रहेको छ । टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पात्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्ने अग्रवालले विश्वास व्यक्त गरे । उनका अनुसार कम्पनीको विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको छ । यसले नेपाली ग्राहकवर्गका लागि दुई पाङ्गे ईभीसम्मको    पहुँचलाई सहज बनाएको छ ।tvs1.jpeg

    नयाँ टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बुकिङ आजदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टीभीएसका ४० वटा आधिकारिक डिलरहरूमा खुला भएको छ ।टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टका मुख्य विशेषताहरु यसप्रकार रहेका छन् ,८ ब्याट्री क्षमता २.२ किलोवाट आवर,चार्जर ९५० वाट ,८ ५ इन्चको रंगीन टिएफटी स्क्रीन, सबैभन्दा फास्ट चार्जिङ २ घण्टा (०–८०%) तथा टो अलर्ट, सवारी दुर्घटना टर्न–बाइ–टर्न नेभिगेशन डिस्ट्यान्स टु एम्प्टी,३० लिटरको अन्डर सीट स्टोरेज७५ किमी प्रतिघण्टाको टप स्पिड रहेको यो वाहन  रु २ लाख ९९ लाख ९सय९०मा बालनट ब्राउन र पर्ल ह्वाइट रंगमा उपलब्ध रहेको जनाइएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस