काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको कर्पोरेट कार्यालय, बिराटनगर मोरङमा आवेदन दिनुपर्नेछ ।