Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा पोर्चुगल एनआरएनको घोषणा सभा

अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा पोर्चुगल एनआरएनको घोषणा सभा

  • लिस्बोन पोर्चुगल । गैर आवासीय नेपाली सघ (एनआरएनए) पोर्चुगलका  अध्यक्ष दीपा काफ्लेले संघलाई आवाजविहीनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।राजधानी लिस्बोनको एन्जसमा आयोजित घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले पोर्चुगल आउने आम सर्वसाधारणहरुको हरेक दुख भोगाईसँग नजिकबाट परिचित रहेको बताइन् ।आगामी दिनमा कुनै प्रकारको गुनासो आएमा आफू सक्दो सहयोग गर्न तत्पर रहने बताइन् ।

    कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सघका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमालले समाजमा छर्पस्ट हुने गरि बदनामी र बेइज्जत सुन्न पनि अप्ठ्यारो भएकोले संस्थामा हस्तक्षेप नै गर्नु परेको बताए ।बिगतमा गरिएको सहमति कार्यान्वयन गर्ने  आनाकानी गरे पछि अहिलेको अवस्था सिर्जना  भएको उनको भनाई थियो । उनले आगामी दिनमा भुइँ मान्छेहरुको समस्यामा डटेर लाग्न अध्यक्ष दीपा काफ्लेलाई सुझाउ दिए ।

    nrn portugues.jpeg

    कार्यक्रममा पूर्व  अध्यक्षहरु लक्ष्मी  प्रसाद सापकोटा, तिलक गैरे, रमेश गुरुङ्ग र रबिन क्षेत्री अधिकरिले पनि अब दीपा काफ्ले नेतृत्वको सघ नै आधिकारिक एनआरएनए भएकोले सघलाई जुन सुकै किसिमले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।गैर आवासीय नेपाली सघ पोर्चुगलका कार्यवाहक महासचिव दिपेस विक्रम  बिस्टले सन्चालन गरेको कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष सुजन लामाले स्वागत गरेका थिए ।स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष विपिन अर्याल, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढापृथी , राष्ट्रिय तामाङ्ग धेदुङ्ग सघ पोर्चुगलका अध्यक्ष इमान तामाङ्ग लगाएतले सघले गर्ने हरेक रचनात्मक बिषयमा ऐक्यबद्धता  रहने बताउदै शुभकामना मन्तव्य गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij